मेसी र रोनाल्डो युग तोड्दै लुका मोड्रिक बने फिफा वर्ष खेलाडी

काठमाडाैं । विश्व फुटबलकाे वर्ष खेलाडीकाे पुरस्कारमा एक दशक एकछत्र राज गर्दै अाएका अर्जेन्टिनाका लियाेनल मेसी र पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेकाे समय सकिएकाे छ ।

विश्व फुटबलकाे सर्वाेच्च प्रशासनिक निकाय फिफाले प्रदान गर्ने वर्षकाे उत्कृष्ट खेलाडीकाे सूचीमा एक दशक यता मेसी र राेनाल्डाेले अालाेपालाे जस्ताे गरी कब्जा जमाएका थिए । तर, यसपटकबाट त्याे क्रमभङ्ग गर्दै नयाँ खेलाडीमा सरेकाे छ । यस वर्ष मेसी र राेनाल्डाेलार्इ पछि पार्दै क्राेसियाका लुका माेड्रिक भएका छन् । रसियामा सम्पन्न विश्वकप २०१८ मा अाफ्नाे देश क्राेसियालार्इ फाइनलमा पुर्याउन ठूलाे भूमिका खेलेका माेड्रिकले विश्वकपमा गाेल्डेल बल पनि पाएका थिए । उनी हाल स्पेनिश फुटबल क्लब रियल म्याड्रिडबाटै व्यवसायिक फुटबल खेल्दै अाएका छन् । उनी विश्वकपमा क्राेसियाका लागि कप्तानकाे भूमिकामा थिए भने रियल म्याड्रिडमा मिडफिल्ड सम्हाल्ने गरेका छन् ।

माेड्रिकले अन्तिम तीनमा राेनाल्डाे र लिभरपुलका माेहम्मद सालहलार्इ पछि पार्दै याे उपाधी हात पारेका हुन् । यसपटक लियाेनल मेसी भने अन्तिम तीनकाे सूचीमा समेत पर्न सकेनन । फिफाले बेलायतकाे राजधानी लण्डनमा सोमबार राति विशेष समाराेह अायाेजना गरी वर्ष खेलाडीसहितका अवार्ड वितरण गरेकाे छ ।

यस्तै महिला वर्ष फुटबलको अवार्ड ब्राजिल तथा ओरलाण्डोकी फरवार्ड मार्ताले हात पारेकी छन् । फ्रान्सका डिडियर डेसच्याम्पस वर्षको उत्कृष्ट प्रशिक्षक भए, उनको टिम फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकपको उपाधि जितेको थियो ।

यस्तै महिला टिमको प्रशिक्षकको उत्कृष्ट अवार्ड फ्रान्सेली पुरुष फुटबल टिमका पूर्व मिडफिल्डर रेनल्ड पेड्रोसले जिते । गएको डिसेम्बरमा इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनसँगको खेलमा गरेको गोलका लागि लिभरपुलका सालहले उत्कृष्ट गोलका लागि पाउने पुसकास अवार्ड पाए । यस्तै पेरुका समर्थकले फिफा फ्यान अवार्ड पाए ।

फिफाले फ्रान्सेली फुटबल म्यागजिनसँगको सहकार्य अन्त्यभएपछि वर्षका उत्कृष्ट फुटबलरका लागि अवार्ड दिन थालेको यो तेस्रो वर्ष हो ।फ्रान्सेली फुटबल म्यागजिनले सन् १९५६ देखि बालोन डी’ओर अवार्ड दिँदै आएको छ । तर फिफा र म्यागजिनबीच सहकार्य भएर सन् २०१० देखि २०१५ सम्म फिफा विश्व वर्ष खेलाडीका लागि दिइने अवार्डका रुपमा बोलोन डी’आर रह्यो । सन् २०१६ देखि फिफाले छुट्टै र फ्रान्सेली फुटबल म्यागजिनले छुट्टै रुपमा अवार्ड प्रदान गर्दै आएका छन् ।

फिफाले बेस्ट फिफाको रुपमा दिन थालेको वर्ष फुबटबलरको नयाँ अवार्ड पाउने रोनाल्डो पहिलो खेलाडी हुन् । उनले वर्ष २०१६ को अवार्ड सन् २०१७ को जनवरीमा पाए । यस्तै २०१७ को अवार्ड पनि रोनाल्डोले नै पाए । यसवर्षको अवार्ड मोड्रिकले उचालेका हुन् ।

मोड्रिकले व्यक्तिगत अवार्डमा सन् २००८ देखि रहँदै आएको रोनाल्डो–मेस्सी दबदबा अन्त्य गरे । सन् २००७ मा काकाले बालोन डी’ओर जिते यता रोनाल्डो वा मेस्सीले मात्रै अवार्ड जितेका थिए ।

मोड्रिकले केही समय अघि रोनाल्डोलाई पछि पार्दै युरोपको वर्ष खेलाडीको अवार्ड पनि जितेका थिए । यस्तै सर्वोत्कृष्ट गोल रक्षकका लागि प्रदान गरिने अवार्ड चेल्सीका पूर्व गोलरक्षक बेल्जियन थिबाउन कोउर्तोइसले प्राप्त गरेका छन् ।

Loading...