जोशीलाई महाअभियोग लगाउन ओली-प्रचण्ड थाले यस्तो तयारी, थाहा पाएपछि जोशीले नै मुख खोले

काठमाडौं ।

प्रधानन्यायाधीशमा अश्विकृत दीपकराज जोशीले आफूलाई महाअभियोग लगाए पनि सामना गर्ने बताएका छन् । नेकपाले जोशीविरुद्ध महाअभियोग लगाउने तयारी गरिरहेका बेला उनको यस्तो प्रतिक्रिया बाहिरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले आफ्ना सांसदलाई एसएमएस गरे्र महाअभियोगका लागि हस्ताक्षर संकलन गर्न संसदीय दलको कार्यालय सिंहदरबार बोलाएका छन् ।

जोशीले आफूलाई तर्साउन महाअभियोग लगाउने तयारी गरे पनि महाअभियोग भने लगाइनहाल्ने दाबी गरे । उनले महाअभियोग लगाए पनि आफूसँग विकल्प नभएकाले सामना गर्नै प्रतिक्रिया दिएका छन् ।

यसैबीच यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा आयुक्त नवीनकुमार घिमिरेलाई सर्वसम्मत अनुमोदन गरिएको छ । आजको संसदीय सुनुवाइले प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको हो ।

घिमिरेमाथि कुनै पनि उजुरी परेको थिएन । यसअघि आयुक्तका रूपमा संसदीय सुनुवाइका क्रममा पनि उनीविरुद्ध उजुरी थिएनन् ।

घिमिरे हाल अख्तियारका कार्यवाहक प्रमुख आयुक्त हुन् । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातले अनिवार्य अवकाश पाएपछि गत फागुन २ गतेदेखि उनी कार्यवाहकका रूपमा कार्यरत छन् ।

संवैधानिक परिषद्ले भदौ २० गते घिमिरेलाई अख्तियार प्रमुखमा सिफारिस गरेको थियो।

Loading...