पेट्रोलियम पदार्थको ढुवानी रोकेका ट्याङ्कर चालकलाई निगमले दियो कडा चेतावनी

असोज ४, काठमाडौँ ।
मंगलबार बाट इन्धन ढुवानी बन्द गरि विभिन्न माघ राख्दै आएका ढुवानीकर्ता तथा चालकलाई नेपाल आयल निगमले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ ।

निगमले जारी गरेको सूचनामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ ।

आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष प्रभाव पार्ने अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न तत्काल आ–आफ्नो क्षेत्रमा ट्याङ्कर सञ्चालन गर्नसमेत निगमले सूचीत गरेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले इन्धन ढुवानीकर्ताका जायज विषयमा निगम सकारात्मक रहेको र सही वैज्ञानिक ढुवानी भाडामा समायोजन गरेपछि पनि पुनःविभिन्न बहानामा पेट्रोलियम पदार्थको आपूर्तिमा निगम एवं आम उपभोक्तालाई प्रतक्ष असर पार्ने गरी आपूर्ति बन्द हड्ताल गर्नु गम्भीर अपराध हुने बताए ।
पेट्रोलियम प्रदर्थ ढुवानी बन्द हुदा पेट्रोल पम्पहरुमा लाम लाग्नेको संख्या बढ्नुका साथै सास्ती खेप्नु परेको छ । निगमको ढुवानी सम्झौतामा रहेका ट्याङ्कर चालकले उठाएका तलब, भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी पेट्रोलियम पदार्थको नियमित आपूर्ति सरल एवं सहज राख्ने सहमति केहि समय अगाडी भएता पनि ट्याङ्कर चालकबाट पुनःआपूर्ति असहज गर्ने प्रयास निकै दुःखद् भएको निगमले जनाएको छ ।

Loading...