योङ ब्वाइजमाथि युनाइटेडको सहज जित, पोग्बाको २ गोल

काठमाडौं । 

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबल स्वीस क्लब योङ ब्वाइजलाई ३-० गोलअन्तरले पराजित गरेको छ । बुधबार राति समूह एचको खेलमा युनाइटेडको जितमा पाउल पोग्बाले दुई गोल र एन्थोनी मार्सियलले एक गोल गरे ।

खेलको ३१ औं मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै पोग्बाले युनाइटेडलाई २-० गोलको अग्रतामा पुर्‍याए ।

पहिलो हाफमा २-० गोलले अघि रहेको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । खेलको ६६ औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेडले योङ ब्वाइजमाथि ३-० गोलको जित निकालेको हो ।

२०७५ असोज ४ मा प्रकाशित ।

Loading...