नयाँ संहिताको विरुद्धमा सार्वजनिक गाडी चालकहरु पोखरामा आन्दोलित, यात्रुलाई मर्का

आश तमु, पोखरा ।

नयाँ संहिताको विरुद्धमा सार्वजनिक गाडीका चालकहरु पोखरामा आन्दोलित भएका छन् । नयाँ ऐन आएपछि चालहरुलाई मनपरी थुन्ने र दुख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।

आन्दोलनका कारण पोखरामा कालो प्लेटका कुनैपनि गाडी चल्न सकेका छैनन् । भित्री सडकहरुमा केही चलेपनि मुख्य सडकहरुमा गाडीहरु ठप्प छन् ।

आफ्ना गाडीहरु घरमै थन्किाएर चालकहरु पृथ्वीचोकमा भेला भएका छन् । लामा दुरिका बसहरु पनि पाेखराबाट छुट्न दिएका छैनन् ।

२०७५ असोज ४ मा प्रकाशित ।

Loading...