शिक्षिका वा नर्स बन्न चाहन्थिन् निर्मला पन्त

काठमाडौं ।

निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् ।

भीदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् । ‘हामी सानैदेखि सँगै पढ्थ्यौँ, सँगै खेल्थ्यौँ, ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, ‘उनी नहुँदा पढ्न मनै लागिरहेको छैन, स्कुल पनि नआउँजस्तो लाग्छ ।’ जानकी र निर्मला एउटै बेन्चमा बस्ने २ कक्षादेखिका साथी हुन् ।

कक्षाकोठा अगाडि निर्मलाले बनाएको केही चित्र छन् ।, भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनकै यादले सताउने सहपाठीको भनाइ छ । निर्मला र जानकीले शिशिक्षका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरु दुवैको सोच मिल्थ्यो । कान्तिपुर दैनिकमा खबर छ ।

२०७५ असोज ४ मा प्रकाशित ।

Loading...