सत्ता र शक्तिको आडमा सेनाको हेलिकप्टर चरम दुरुपयोग

काठमाडौं । 

सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ वर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् ।

यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६–७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो । कारोबार दैनिकले समाचार छापेको छ ।

नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा विशिष्ट व्यक्तिले करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेका हुन् ।

कतिसम्म भने काठमाडौंबाट मुस्किलले २० किमी दुरीमा रहेको काभ्रे जाँदा पनि सैनिक केहिकप्टर प्रयोगका लागि सैनिक हेलिकप्टर नै प्रयोग गरिएको छ ।

२०७५ असोज ४ मा प्रकाशित ।

Loading...