एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, पहिलो खेलमा नेपाल फिलिपिन्ससँग खेल्दै

काठमाडौं । 

एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । समुह ई को पहिलो खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्नेछ । यो खेल सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित मैदानमा हुनेछ ।

नेपालको युथ सिक्सटिन महिला फुटबल टोलीले फिलिपिन्ससँग खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोलीमा अघिल्लो महिना भुटानमा सम्पन्न यूथ फिफ्टिन साफ च्याम्पियनसिप खेलेका खेलाडीकै बाहुल्यता छ ।

छनौट प्रतियोगिताको दोस्रो खेलमा नेपालले शुक्रबार म्यानमारसँग खेल्नेछ भने अन्तिम खेल आइतबार मलेसिया विरुद्ध हुनेछ । समूहको शीर्ष दुई टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपमा ठाँउ पक्का गर्नेछन् ।

आठ टोली सहभागी फाइनल चरणका लागि आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया भने छनोट भइसकेका छन् ।

२०७५ असोज ३ मा प्रकाशित ।

Loading...