मलेसियाबाट आयो सारा नेपालीलाई रुवाउने खबर, ६ नेपालीको मृत्यु

काठमाडौं ।

विषाक्त रक्सी सेवनका कारण मलेसियाको राजधानी क्वालालम्पुरमा ६ नेपालीको मृत्यु भएको छ ।

अरु १३ जनाको समेत उक्त घटनामा ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विषाक्त रक्सी सेवन गरेर बिरामी परेका अन्य १५ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । क्वालालम्पुर नजिकै सेलाङ्गोर क्षेत्रमा उक्त घटना भएको हो । मृतक नेपालीमध्ये सबै मजदुर हुन् ।

बिदाको समयमा रक्सी सेवन गरेका उनीहरु बिरामी परेका थिए । उनीहरुले किङफिसर नामको वियर र ह्विस्की पिएको क्वालालम्पुरस्थित नेपाली दूतावासका प्रवक्ता बिनोद मुखियाले जानकारी दिए । मृत्यु हुनेमा २६ वर्षीय विशाल बुढाथोकी र २९ वर्षीय सञ्जय राउत र मिमबहादुर घलेको मात्र सनाखत भएको छ ।

फाइल तस्वीर: गुगलबाट

Loading...