रसुवामा पहिरो पहिरोमा परी दुई जनाको मृत्यु, तीन घाइते

रसुवा । 

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको अडिट २ मा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति ९ बजे आयोजनाको अडिट २ मा पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा रुकुमको भूमे गाउँपालिका–२ का ४८ वर्षीय भिम रोक्का र मकवानपुरको हेटौंडा–११ का २२ वर्षीय रमेश कर्पौला रहेका छन् ।

पहिरोमा परी गम्भीर घाईते तीन जनालाई उपचारका लागि रातीनै काठमाडौं ल्याइएको छ । एक जनाको भने जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ ।

पहिरोमा परेका अन्य ४ जना भने स्वास्थ्य चौकी टिमुरेमा सामान्य उपचारपछि घर फर्किएको रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

२०७५ भदौ ३१ मा प्रकाशित ।

Loading...