जापानमा अछाम सरोकार मन्चको गठन

सुदुरपश्चिमको अछाम जिल्ला बाट जापानमा अाई बिभिन्न पेशा ब्यवसाय गरिरहेका अछामीहरुको समुह मिलेर ‘अछाम सरोकार मन्च’ जापानको गठन गरिएको छ ।

मन्च गठन गर्नुको उद्धेश्य जापानमा रहेर पनि अछामको बिकासका लागि जापानमा छरिएर रहेका अछामीबीच एकता गरी अछामको बिकासका लागि केही न केही योगदान पुर्याउने रहेको छ ।

विदेशि भुमिमा आत्मियता धरोहर, समुन्नत समाज, कुप्रथा, भ्रष्टाचारमा हाम्रो सरोकार’ भन्ने नाराका साथ लोकेन्द्रजंग कुँवर ‘लोचन’को अध्यक्षतामा समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा अमित विष्ट, सचिवमा राजेन्द्र बुढथापा, सहसचिव तुलाराम देवकोटा र कोषाध्यक्षमा रविन्द्र रावल चयन भएका छन भने सदस्यमा निरज रावल,दिलिप सिंह तिमिल्सैना ‘थोमस’, रमेश रावल, शिसिर कुवँर , अमर बहादुर विष्ट, रमेश कुवर, लोकेन्द्र तिमिल्सैना, कोषराज रिमाल,तिर्थ उपाध्याय, प्रकाश ढकाल र अनिल खड्का रहेका छन् ।

साथै समितिले टक्कर कुँवर, नृप बुढा र इश्वर थापालाई सल्लाहकारमा चयन गरेको छ ।

जापानमा बसोबास गरिरहेका अछामीबिच आत्मियता बढाउन , सुख दुखको सारथी बन्नुका साथै जापानमा अछामी समुदायलाई आइपर्ने समस्याको समाधानका लागि नेपाली संघसंस्था संग समन्वय र सहकार्य गर्ने अध्यक्ष लोकेन्द्रजंग कुवर लोचनले बताए ।

‘जन्मभुमिबाट टाढा भए पनि अछाममा भइरहने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा चासो र निगरानी भइरहने छ।’ उहाँले भन्नुभयो , ‘अछाममा व्याप्त रहेको कुप्रथा , विकृति र विसंगतिका विरुद्ध र भ्रष्टचारका विरुद्ध आवाज बुलन्द पार्ने छौं ।’ उक्त कार्यक्रमको संचालन तुलाराम देवकोटाले गरेका थिए ।

Loading...