निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोध तथा न्यायका लागि काठमाडौंमा प्रदर्शन भएको छ ।

 निर्मलाका निम्ति न्याय’ नाममा काठमाडौंको माइतिघरमा युवाले स्वतःस्फुर्त विरोध र्‍याली गरेका हुन्। शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन्। 

५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्‍यालीका सहभागीहरूले सरकारको चर्को विरोध गरे।

काठमाडौंको माइतीघर मण्डलबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरतर्फमा आएर कोणसभामा परिणत भएको हो। कोणसभालाई निर्मलाका बुबा यज्ञराजलगायतले सम्बोधन गरे।

बलात्कारीलाई फाँसी दे, निर्मलालाई न्याय दे, जस्टिस् फर निर्मला लगायतका नारा लगाउँदै बिरोध प्रदर्शन भएको हो । शनिबार देशभरका विभिन्न स्थानहरुमा प्रदर्शन भएको छ ।

२०७५ भदौ ३० मा प्रकाशित 

Loading...