वरिष्ठ गीतकार स्व देव बज्राचार्य द्वारा रचित “एक्लै बस्दा ” गीतिएल्बम बिमोचन

२३ भाद्र,काठमाडौँ / वरिष्ठ गीतकार स्व.देव बज्राचार्य द्वारा रचित एवं प्रतिष्ठित गाएक गायिकाहरुद्वारा स्वरवद्द ” एक्लै बस्दा ” गीतिएल्बम बिमोचन भएको छ । स्व.बज्राचार्य द्वारा रचित चारदशक भन्दा अगाडिबाट संगीत पारखीहरुमा लोकप्रिय रहिरहन सकेको ” एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइ दिन्छ” लगाएतका अनगिन्ती गीतहरु रहेका छन् ।
शनिबार ओलम्पस क्लवको आयोजनामा बज्राचार्य द्वारा रचित गीति एल्वम वरिष्ठ गीतकार राजेन्द्र थापा , वरिष्ठ संगीतकार दिपक जंगम ,प्रकाश गुरुङ ,वरिष्ठ गीतकार दिप श्रेष्ठ लगाएत द्वारा विमोचित भएको हो ।
-प्रिय तिम्रो अनुहारमा हासो कहिलै देख्न ।
-मेरो आँखाबाट झरेको आँसु ,नसम्झ तिमि दुखको भनेर ।

-तिमीबिना जिबन मेरो रमाइलो लाग्दैन
संगीत बिना रचेको गित सुरिलो हुदैन ।

-तिमिसागर भएर के गरु न त याहा प्यासी छु ।
कतिदिन भयो सम्झना गरि थाहा नै पाएन

-तिमिसंगको बिछोडमा मेरो भुल नभएको होइन
तिमीलाई परेको घाउले मलाई नदुखेको होइन ।
लगाएत रहेका छन् ।
स्व बज्राचार्यको जन्म बि स २००९ मा काठमाडौँको ओम्बहलमा बाबु सकलानंद बज्राचार्य र पूर्णकुमारीको कोखबाट माघ २३ भएको हो ।
निकै सरल मिजासका बज्राचार्य नेपालमा टेलिभिजनको प्रवेश अगाडी लुकेर बसेका धेरै कलाकारहरुको प्रतिभालाइ उजागर गर्न सक्षेम रहदै ओलम्पस क्लवसंग आबद्द भएर विभिन्न स्टेज सांगीतिक कार्येक्रम गर्ने गर्दथियो । बि स`२०७४ भद्र २८ गते ६५ बर्षको उमेरमा उहा आफ्नो रचना कृति छोडेर देह त्याग गर्नु भयो ।

Loading...