पोखरामा डुंगा दुर्घटना हुँदा पाँच जना वेपत्ता चारको जिवितै उद्धार

काठमाडाैं, २३ भदाै । बेगनास तालमा डुंगा दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी डुङ्गामा सवार पाँच जना व्यक्ति वेपत्ता भएका छन् । पोखरा लेखनाथ नगरपालिकामा रहेकाे बेगनास तालमा पल्टिएकाे डुङ्गामा दुई महिला र तीन बालबालिका रहेकाे थाहा हुन अाएकाे छ ।

डुंगामा ९ जना सवार रहेकाे तर दुई महिला र दुई पुरुषको उद्धार गरिएको बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले वेपत्ता भएकाहरुकाे खाेजी कार्य जारी रहेकाे जनाएकाे छ । उद्धार गरिएका चारै जनालाई उपचारका लागि शिशुवाको लेखनाथ लायन्स सामुदायिक अस्पतालमा लगिएको छ। उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

पोखरा लेखनाथ ३०, बेगनासका कमलराज कँडेलले शनिबार आफ्नो घरमा दर खान आएका चेलीबेटीलाई लिन गएको उक्त ढुंगा फर्कने क्रममा दुर्घटनामा परेको हो। तालको बीच भागमा दुर्घटना भएका कारण उद्धारका लागि समयमै पुग्न नसकिएको स्थानीयले बताएका छन्।

डुंगा दुर्घटनाका दृश्य एक डुंगा चालक महिलाले देखेपछि उनैले अरुलाई खबर गरेकी थिइन्। त्यसपछि मात्रै उनीहरुको उद्धार र खोजीमा स्थानीय लागेका थिए । डुंगाका चालक कँडेल उपचाररार्थ अस्पतालमा छन्।

प्रहरीले दुर्घटनाको कारण खुलि नसकेको र बेपत्ताको खोजीलाई तीव्र बनाएको जानकारी दिएको छ।

Loading...