सुरक्षाकर्मीको घेरामा रहेका राष्ट्रपतीका उम्मेदवारमाथि छुरा प्रहार

काठमाडौं ।

ब्राजिलको राष्ट्रपती चुनावका उम्मेदवारमाथि छुरा प्रहार भएको छ । अर्को महिना हुने चुनावका मुख्य प्रतिष्पर्धी मानिएका जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको हो ।

दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्‍यालीमा बोल्सोनारोमाथि पेटमा छूरा प्रहार भएको थियो ।

छूरा प्रहारबाट घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । सुरक्षाकर्मी तथा समर्थकले घेरिएका उनीमाथि कसले छुरा प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन ।

२०७५ भदौ २२ मा प्रकाशित ।

Loading...