विश्वविजेता फ्रान्स जर्मनीसँग गोलरहित बराबरीमा रोकियो

काठमाडौं ।

विश्व विजेता फ्रान्सलाई जर्मनीले गोलरहित बराबरीमा रोकेको छ। रूसमा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलमा समूह चरणबाटै बाहिरिएको जर्मनीले उपाधि विजेता जर्मनीलाई गोलरहित बराबरीमा रोकेको हो।

युइएफएले सुरू गरेको युरोपका देशबिचको नयाँ प्रतिस्पर्धा ‘युइएफए नेशन्स लिग’को लिग ए अन्तर्गतको खेलमा बिहिबार राति फ्रान्स जर्मनीसँग गोलरहित बराबरीमा रोकिएको हो। खेल अवधिमा दुबै देशले केही राम्रा मौका पाए पनि त्यसलाई गोल गर्न नसक्दा खेल बराबरीमै सकियो।

समूह ए वान अन्तर्गत रहेका फ्रान्स र जर्मनीले अब नेदरल्याण्डसँग खेल्नेछन्। नयाँ प्रतियोगिता नेशन्स लिगको लिग ए का लागि १२ देशलाई हरेक समूहमा तीन तीन देश हुने गरी चार समूहमा बाँडिएको छ।

लिग ए अन्तर्गतका देशलाई ए वान देखि ए फोरसम्मका समूहमा विभाजन गरिएको छ। होम एण्ड अवे खेल सकिएपछि समूह विजेताहरू आउँदो जुनमा हुने फाइनल चरण खेल्नेछन्।

यसरी फाइलन चरणमा आएका लिग ए का देश मध्येबाट एउटा नेशन्स लिग च्याम्पियन बन्ने छ।

२०७५ भदौ २२ मा प्रकाशित ।

Loading...