गल्कोटे दिदीबहिनी समुहले टोकियोमा तीज कार्यक्रम गर्ने

गल्कोटको हटिया उपस्वास्थ्य चौकिलाई महिलाहरुको गर्भ परिक्षण गर्ने मेशिन सहयोग गर्ने

नेपाली नारीहरुको महानचाड हरितालिका तीजको अवसरमा गल्कोटे दिदीबहिनी समुहले ‘तीज बिशेष कार्यक्रम २०७५’ को आयोजना गर्ने भएका छन् ।

हरितालिका तीजको अवसरमा गरिन लागेको उक्त कार्यक्रम सेप्टेम्बर ११ तारिख दिनको ५ बजे देखि एकेगामी खाइकानमा हुने जानकारी आयोजकले दिएको छ ।

कार्यक्रमको लागि ख्यातिप्राप्त कलाकार लोक तथा दोहोरी गायक ईश्वर सिंह र लोक गायिका रितु कंडेल नेपाल बाट आउने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रम मनोरन्जनका लागि मात्रै नभई बाग्लुङ जिल्लाकै सबै भन्दा धेरै बच्चा जन्माउँन सफल गल्कोटको हटिया उपस्वास्थ्य चौकिमा महिलाहरुको गर्भ तथा पाठेघरको परिक्षण गर्ने USGमेशिन (भिडियो एक्सरे मेसिन प्रोटेबल) सहयोग गर्ने उद्धेश्यले गर्न लागिएको कार्यक्रम संयोजक कालिका थापाले जानकारी दिनु भयो ।

बिदेशमा रहेका महिलाहरु स्वदेशमा रहेका महिलाहरुका पिरमर्का बुझिरहेका हुन्छन र केही सहयोग पनि गर्न सक्छन भन्ने सन्देश पनि यो कार्यक्रमले दिएको संयोजक थापाले बताउनुभयो ।

कार्यक्रममा घुम्टे यूवा परिवार मल्म गल्कोट जापान शाखा र शिब ज्योती यूवा क्लब जापान शाखा सह-आयोजक रहेका छन।

कार्यक्रमको उद्धेश्य पवित्र भएकाले कार्यक्रम सफल पार्न आफुहरुले सह-आयोजक भएर सहयोग गरेको क्लबका प्रतिनिधिहरुले बताएका छन ।

कार्यक्रममा सबै जापानबासी दाजुभाई दिदीबहिनीहरुमा चेलीबेटीले गर्न लागेको यो पबित्र कार्यमा उपस्थित भै सहयोग गरिदिनुहुन अनुरोध समेत आयोजकले गरेको छ ।

Loading...