मोदी काठमाडौमा आए लगत्तै राहुल गान्धी पनि आए नेपाल, होटल र्‍याडिसनमा राहुलको रात्री

काठमाडौँ, १६ भदौ । भारतमा यतिबेला दुर्इजना व्यक्ति अामने सामनेकाे लडाइँमा छन । हरेक दिन दुर्इजनाकाे बीच घाेचपेच हुन्छ वा उनीहरुकाे नाम लिइन्छ भारतभर । सन् २०१९ काे चुनावकाे दाैडमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी याे मैदानमा नेतृत्व गरिरहेका छन् । र यिनकै नेतृत्वमा दुर्इ ब्लकबीच धेरै घाेचपेच चलिरहेकाे छ ।

भारतमा भइरहेकाे त्याे चर्चा नेपाल पनि अाइपुगेकाे छ । त्याे चर्चा मात्र हाेइन, दुबै जना नेता नेपाल अाइपुगेकाे खबर छ । तर, उनीहरु फरक फरक कामका लागि काठमाडाै अाएका हुन् । कांग्रेस अाइका अध्यक्ष राहुल कैलाश मानसराेवर यात्राका लागि अाएका हुन् भने माेदी विमस्टेक शिखर सम्मेलनका लागि ।

कैलास-मानसरोवर जाने क्रममा काठमाडौँलाई ट्रान्जिट बनाएका भारतीय कांग्रेस (आई) का अध्यक्ष राहुल गान्धीले लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बास बसेका छन् । माेदी निकै ठूलाे चर्चाका साथ नेपाल अाउने गर्छन । यसपटक पनि त्यही गरे । माेदीकाे तामझाम यति देखियाे कि उनले अाफूसँगै भारतीय सेनाकाे एक टाेली पनि नेपाल ल्याएर चर्चा पाए । तर राहुल भने कसैलार्इ केही नभनेर सुटुक्क छिरेकाे थाहा भएकाे छ ।

राहुलले नेपाल सरकारलार्इ त जानकारी दिएनन् नै भारतीय दुतावासले पनि उनकाे अागमणबारे थाहा नपाएकाे बुझिएकाे छ । माेदीकाे सेवामा लागेेकाे भारतीय दुतावासकाे टाेली राहुल पनि अाइपुगेकाे थाहा पाएपछि हैरान परेकाे बताइएकाे छ ।

राहुल एकाएक हाेटल र्‍याडिसनमा पुगेकाे थाहा पाएपछि नेपाल सरकारले भने उनकाे सुरक्षार्थ डिएसपीको कमाण्डमा प्रहरी टोली खटाएको छ। अध्यक्ष गान्धीको सुरक्षाका लागि सादा पोशाकमा होटल वरपर अन्य सुरक्षाकर्मीहरु पनि खटाइएकाे थाहा भएकाे छ ।

राहुल शुक्रबार अपरान्ह इन्डिगो एयरको नियमित उडानमा काठमाडौँ ओर्लिएका थिए। उनी भोलि बिहान नै नेपालगञ्ज हुँदै हुम्ला र त्यसपछि मानसरोबरको यात्रामा जाने बताइएकाे छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले राहुलको भ्रमणका बिषयमा कुनै औपचारिक जानकारी नभएको जानकारी दिएका छन् । उनले भारतका उच्च तहका राजनीतिक व्यक्तित्व भएकाले सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको बताए।

Loading...