बिमस्टेक शिखर सम्मेलन सम्पन्न, १८ बुँदे घोषणापत्र जारी

काठमाडाैं, १६ भदाै । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको सम्मेलन सम्पन्न भएसँगै नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ। बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो ।

सम्मेलन समापन गर्दै प्रधानमन्त्री केपी ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने बताए ।

प्रधानमन्त्रीले सम्मेलनबाट पारित १८ बुँदे घोषणापत्रको प्रभावकारी कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण निर्वाह गरेका बिम्स्टेकका महासचिव, सदस्य देशका सम्बद्ध निकायका पदाधिकारी, नेपालका सुरक्षाकर्मी, सञ्चारकर्मी, विद्वत्वर्गलगायत सबैमा उनले कृतज्ञता व्यक्त गरे ।

Loading...