अाधाघन्टा विमानमै राेकिए श्रीलंकाली राष्ट्रपति

काठमाडौँ, १४ भदाै । चाैथाे विमस्टेक समिटका लागि काठमाडाैं अाइपुगेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरसेना काठमाडाैं विमानस्थलमा अवतरण गरिसकेपछि पनि अाधाघन्टा विमानमै राेकिएका छन् । त्यसैगरी उनकाे स्वागतमा दिने गार्ड अफ अनर काे ठाउँ पनि परिवर्तन गरिएको छ ।

बिहीबारदेखि सुरु हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका श्रीलंकाली राष्ट्रपति सिरिसेनालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन्। उनी आइपुग्दा काठमाडौँ विमानस्थलमा पानी परिरहेकाले केही ढिलो गरी स्वागत गरिएको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले विमानस्थलमा उनको स्वागत गरेको हो। पानी परेपछि उनी आधा घण्टादेखि विमानबाट बाहिर आउन सकेका थिएनन्। पानीका कारण उनलाई गार्ड अफ अनर दिने ठाउँ पनि परिवर्तन गरिएको थियो।

यस्तै लुम्बिनी भ्रमण सकेर म्यानम्यारका राष्ट्रपति वीन मिन्त काठमाडौँ फर्केेका छन्। बिमस्टेक सम्मेलनका लागि हालसम्म तीन वटा देशका राष्ट्रप्रमुखहरु काठमाडौँ आइसकेका छन्।

Loading...