सल्यानबाट वर्षाका कारण घर भत्किदा एकै परिवारका ५ जनाको मृत्यु

सल्यान ।

सल्यानमा घर भत्किदा एकै घरका ५ जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका( ४ सिमाखोली सेतोगुराँसमा स्थानीय राम सिंह कामीको गएराती ९ बजे अविरल वर्षा पछि पानीले भिजिएको भित्ता (दिवाल) भत्कीएर दलिन भाचिदा उनि सहित उनको ५ जनाको परिवारको ज्यान गएको हो ।

मृत्यु हुनेमा ३९ बर्षिय राम सिंह कामी, ३५ बर्षिया राम कला कामी, ७ बर्षिया गंगा कामी, ५ बर्षिया प्रमिला कामी र ४ वर्षका रुपलाल कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र वहादुर शाहले जानकारी दिएका छन् ।

यस्तै सोही घटनामा ११ वर्षिय सुनिता विक घाईते भएकी छन् । घरको भित्ता भत्कीएको र सवै पुरिएको खवर घाईते सुनिताले गाउँलेहरुलाई गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना स्थलमा प्रहरी निरिक्षकको नेतृत्व प्रहरी टोली पुगिसकेको र प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहितको जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोली पनि घटनास्थल जाँदै गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

२०७५ भदौ १३ मा प्रकाशित ।

Loading...