निर्मलाका हत्यारालाई कारवाही र प्रकाण्डको रिहाईको माग गर्दै अखिल क्रान्तिकारी आन्दोलनमा

काठमाडौँ । 

अखिल क्रान्तिकारीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दैै काठमाडौँमा प्रदर्शन गरेको छ । निर्मलाका हत्यारालाई बचाउन उच्च तहबाटै षड्यन्त्र भइरहेको भन्दै अखिल क्रान्तिकारी सडकमा निस्केको हो ।

नेपाल कम्युनिस्ट पार्टी निकल अखिल क्रान्तिकारीले निर्मलाका हत्यारालाई कारवाही र पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहाईको माग गर्दै आयोजना गरिएको विरोध र्याली सुन्धारा,न्यूरोड, भोटाहिटी, जमल हुँदै शान्तिबाटीकामा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै संगठनका महासचिव प्रकाश शाहीले निर्मलाका बलात्कारी तथा हत्यारालाई बचाउन राजनीतिक र सुरक्षा संयन्त्रका केही मान्छे लागेको बताए । उनले निर्मलाका हत्यारालाई तत्काल कानुनी दायरामा नल्याए आफ्नो संगठन देशभर आन्दोनलमा उत्रिने बताए ।

त्यसैगरी नेकपाका प्रवक्ता प्रकाण्डलाई अदालतले रिहाईका आदेश दिँदादिँदै पनि झुटा मुद्दा लगाएर पुनः गिरफ्तार गरेको सरकारले युद्ध निम्त्याउने प्रयास गरेको बताए । उनले प्रवक्ता प्रकाण्डलाई तुरुन्त रिहाईको माग समेत गरे ।

विरोध प्रदर्शनमा विभिन्न स्कूल तथा कलेजका विद्यार्थीको सहभागीता रहेको संगठनका केन्द्रीय सदस्य हर्कबहादुर बिकले जानकारी दिए ।

२०७५ भदौ १२ मा प्रकाशित ।

Loading...