मदिरा सेवन गर्ने पुरुषभन्दा महिलाको मृत्यु बढी

काठमाडाैं । पुरुष महिला भन्दा बढी मदिरा सेवन गर्छन भन्ने विश्वव्यापी मान्यता अब पुरानो भएको छ। अमेरिकी सरकारी तथ्यांकका अनुसार सन् १९९१ देखि २०००सम्ममा पुरुष र महिलाले समान रुपमा मदिरा सेवन गर्दथे।

तर सन् २००० देखि २०१५ को तथ्यांकले महिलाले पुरुषभन्दा बढी मदिरा सेवन गर्न थालेको देखाएको छ। तथ्यांकले सो समयमा मदिरा सेवनगर्ने ४५ देखि ६४ वर्ष उमेर समुहका महिलाहरुको मृत्युदर ५७ प्रतिशले बढेको देखाएको छ।

तर सोहि उमेर समुहका पुरुषको मृत्युदर २१ प्रतिशत देखाएको छ। यसैगरी मदिराबाट लाग्ने रोगका कारण २५ देखि ४४ वर्षका महिलाको मृत्युदर १८ प्रतिशतले बढेको देखिएको छभने पुरुषको मृत्युदर १० प्रतिशत रहेको छ। यतिमात्र होइन, मदिरा धेरै पियर अस्पताको इमरजेन्सीमा पुग्ने महिलाको संख्या समेत पुरुषकोभन्दा बढी भएको अधिकारीहरु बताउँछन्।

हावार्ड मेडिकल स्कूलका अनुसार महिलाहरुले मदिरा सेवनगर्ने प्रवृत्ति बढ्नुमात्र उनीहरुको मृत्युदर बढ्नु होइन। महिलामा मदिराको असर पुरुषकोभन्दा अलग तरिकाले हुने बताइएको छ।

वैज्ञानिकहरुका अनुसार महिलाको शरीरमा सीमितमात्रामा अल्कोहल डिहाइड्रोगेनेज इन्जाइम निस्कन्छ। जसका कारण महिलाहरु छिट्टै मात्ने गर्छन। तर पुरुषमा त्यस इन्जाइमको मात्रा बढी हुन्छ।

जसले उनीहरु अधिकमात्रामा मदिरा पचाउन सक्छन्। महिलामा मदिराले छिटो असर गर्नुका कारणपनि उनीहरुमा रोग छिटो देखापर्ने चिकित्सकहरु बताउँछन्।

Loading...