निर्मला हत्या प्रकरण: रोशनी र बबितालाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ । 

कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

थुनामा राखी थप अनुसन्धानका लागि आदेश लिन प्रहरीले उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुकै घरमा जाँदा पन्तको हत्या भएको थियो ।

तर, उनीहरुमाथि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै मृतकका आफन्त प्रहरीसँग रुष्ट भई आन्दोल गरेका थिए । रोशनी निर्मलाकी साथी हुन् ।

जिल्लामा नयाँ प्रहरी नेतृत्व गएपछि उनीहरु शनिबार पक्राउ परेका थिए । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

गत साउन १० गते पन्तको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले स्थानीय दिलीपसिंह बिष्टले हत्या गरेको भन्दै सार्वजनिक गरेको थियो । तर, विष्टको मानसिक अवस्था ठीक नभएको र प्रहरीले समेत प्रमाण पु¥याउन नसकेको भन्दै पीडित पक्ष र स्थानीयले आन्दोलन गर्दै आएका छन् ।

२०७५ भदौ ११ मा प्रकाशित ।

Loading...