निर्मलाकाका हत्यारा पत्ता नलाग्दै काठमाडौंमा अर्की बालिका खाजा पसका ग्राहकबाटै बलात्कृत

काठमाडौं । 

कञ्चनपुरमा बलात्कारीलाई कारवाहीको माग गर्दै आन्दोलन जारी रहेको बेला देशको राजधानी काठमाडौंमै एक युवती बलात्कृत भएकी छन् ।

काठमाडौँको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी हुन् । प्रहरीका अनुसार स्थानीय खाजा पसमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

प्रहरीले बालिका बलात्कारको तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ । उनको स्थायी घर आरोपमा बाजुराको बुढीनन्द नगरपालिका–१० हो ।

पसलमा खाना खाने निहु बनाएर बोहराले बालिकलाई बलात्कार गरेका थिए । बालिकाको स्थायी घर रुकुम हो । घटनाको विषयमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२०७५ भदौ १० मा प्रकाशित ।

Loading...