निर्मला हत्या प्रकरणमा शंका लागेजति कसैलाई पनि नछाड्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्।

शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले कसैको नाम नलिई शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।

प्रहरीले निर्मालाको हत्यामा संलग्न भएको आरोपमा मानशिक सन्तुलन गुमाएका ४१ वर्षीय दिलिपसिंह बिष्टलार्इ पक्राउ गरेपछि वास्तविक दाेषीलार्इ लुकाउन खाेजेकाे भन्दै कञ्चनपुरमा अान्दाेलान चर्किएकाे हाे ।

तर प्रहरीले अाज शनिबार मात्रै निर्मलाकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरिसकेको छ। निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरासमेत शंकाको घेरामा छन्।

स्थानीयले प्रहरीले विशिष्टका छोरालाई घटनाबाट जोगाउन मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंहलाई दोषी देखाएको आरोप लगाएका छन्। यो विषयमा प्रधानमन्त्रीले केही नबताए पनि शंकाको घेरामा रहेका सबैलाई पक्राउ गर्न बादललाई निर्देशन दिएका हुन्।

यता विप्लव नेतृत्वकाे नेकपाले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ। महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै न्यायका लागि अान्दाेलानमा जुटेका जनतामाथि गाेली हानेकाे भन्दै कडा बिराेध गरेका छन् ।

बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर केही दिनदेखि कञ्चनपुर तनावग्रस्त छ। शुक्रबार मात्रै अान्दाेलानका क्रममा शनी खुनाकाे प्रहरीले ज्यान लिएकाे थियाे ।

Loading...