कञ्चनपुरका सिडियो र प्रहरी प्रमुखमाथि कारवाही

काठमाडौं । निर्मला पन्तकाे बलत्कारपछि हत्या भएकाे काण्ड चर्कदै गएपछि स्थितिलार्इ सम्हाल्न नसकेकाे भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख कारवाहीमा परेका छन् । उनीहरुलार्इ गृहमन्त्रालयले जिम्मेवारीबाट हटाएकाे छ ।

कञ्चनपुरका सीडीओ कुमार बहादुर खड्का तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टलार्इ फिर्ता बाेलाएर उनीहरुकाे ठाउँमा नयाँ जिम्मेवारी समेत ताेकिएकाे छ । गृहमन्त्रालय स्राेतका अनुसार उनीहरुका ठाउँमा तारानाथ अधिकारीलाई नयाँ सिडियाेकाे जिम्मेवारी ताेकिएकाे छ भने नयाँ प्रहरी प्रमुखमा एसपी कुबेर कठायतलार्इ पठाइएकाे छ । त्यसैगरी कञ्चपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी पनि तानिएका छन् । डिएसपी ज्ञानबहादुर क्षेत्रीकाे ठाउँमा डिएसपी कृष्णराज अाेझालार्इ पठाइएकाे छ ।

निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे छानबिन गर्न सरकारले एक समिति पनि गठन गरेको छ । गृहमन्त्रालयले बिहिबार घटनाबारे छानबिन गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको हो ।

यसअघि बिहीबारनै हत्याका बारेमा निष्पक्ष छानबिनको माग गर्दै प्रदेश नम्बर ७ का संघीय संसदका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई एक ज्ञापनपत्र बुझाएका थिए । ६ बुँदे ज्ञापन पत्र बुझाउन नेकपाका नेताहरु लेखराज भट्ट, निरु पाल लगायतको टोली गृहमन्त्रालय पुगेको थियो ।

यसैबीच हत्याको विरोधमा बिहीबार कञ्चनपुरमा भएको प्रदर्शनमा प्रदर्शनकारीतर्फ ८ जना र प्रहरीतर्फ दुई जना घाइते भएका छ्न् । सो क्रममा प्रहरीले गोली चलाएको थियो । साेही गाेलीकाण्डपछि सीडीअाे र प्रहरी प्रमुखकाे फिर्ता बाेलाइएका हुन् । घाइतेमध्ये एक जनालाई टाउकोमा चोट लागेकाले उनको अवस्था जटिल रहेको महाकाली अञ्चल अस्पतालका प्रमुख डा हरिकुमार श्रेष्ठले बताए ।

डा श्रेष्ठका अनुसार घाइतेहरु अधिकांशको खुट्टा र ढाडमा चोट लागेको छ । खुट्टामा गम्भीर चोट लागेका एकजनाको अञ्चल अस्पतालमा उपचार हुन नसकेर रिफर गरेको अस्पतालले जनाएको छ ।

सो क्रममा घाइते भएकाहरुमा आन्दोलनकारीतर्फ अर्जुन भण्डारी, तेज भट्ट, किरण पनेरु, मनोज बुढा, सन्तोष कठरिया, सञ्जय खड्का, बलदेव भट्ट, मदन साउद छन् । यी मध्ये भण्डारीको उपचार महाकाली अञ्चलल अस्पतालमा उपचार हुन नसकेपछि धनगडी पठाइएको अस्पतालले जनाएको छ । त्यस्तै भटट्को टाउकोमा ६ टााँका लगाइएको छ । उता, प्रहरीतर्फ दुईजना घाइते भएका छन् । हर्क पाल र महेश भटट्मध्ये पालको पनि रिफर गरिएको अस्पतालले जनाएको छ ।

गत साउन ११ गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि पक्राउ परेका व्यक्ति निर्दोश भएको भन्दै स्थानीयले गत चारदिनदेखि आन्दोलन चर्काउदै आएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्लामा केही दिनदेखि जारी आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फयू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फयू जारी गरेकाे हाे । भीमदत्त नगरपालिकाको वडा नं १८ र वडा नं ४ बजार क्षेत्रमा कफर््यू जारी गरिएको हो ।

Loading...