थारु आयोगमा पदपूर्तिका लागि आवेदन आह्वान

काठमाडौं ।

सरकारले थारु आयोगसहित ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ । नयाँ संविधान जारी भएपछि व्यवस्था भएका संवैधानिक आयोगहरुमा ४० जना पदाधिकारी नियुक्त गर्नुपर्ने भएकाले यो प्रक्रिया अघि बढाएको हो ।

संवैधानिक परिषद्को सचिवालयले संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने कार्यका लागि सूचना प्रकाशित गरेको छ । यसका लागि योग्यता पुगेका व्यक्तिहरुको रोष्टर तयार गर्नका लागि सरकारले सूचना प्रकाशित गरेको हो ।

‘संवैधानिक निकायको देहायको पदमा नेपालको संविधान बमोजिम नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरूको अभिलेख तयार गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ । नेपालको संविधान बमोजिम संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र संवैधानिक परिषदको सचिवालयमा तोकिएको फाराम भरी अनलाइन मार्फत उपलब्ध गराउनुहुन संवैधानिक परिषद -कार्यविधि) नियमावली, २०६८ बमोजिम यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।

सूचनाअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका लागि उम्मेद्वार माग गरिएको परिषद सचिवालयले सूचनामा उल्लेख गरेको छ ।

थारु आयोगका लागि योग्य उम्मेदवारले यहाँ क्लिक गरेर आवेदन दिन सक्ने छन् । अनलाइनबाहेक अन्य आवेदन स्वीकार नगर्ने सूचनामा उल्लेख छ ।

२०७५ भदौ ७ मा प्रकाशित ।

Loading...