रामेछापमा जिसस अधिकृत सुवेदीमाथि सांघातिक आक्रमण, के छ अवस्था ?

रामेछाप ।

देशभर हत्या हिंसा, बलात्कारका घटना बढिरहेका बेला रामेछापमा जिसस हाकिममाथि नै सांघातिक आक्रमण भएको छ । जिल्ला समन्वय समिति, जिसस रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीलाई छुरा प्रहार भएको छ ।

सुवेदीमाथि बुधबार राति साढे ८ बजेतिर छुरा प्रहार भएको हो । रामेछापका प्रहरी प्रमुख डिएसपी अमरेन्द्रबहादुर सिंहले सुवेदीको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको बताए । उनको अवस्था खतरामुक्त रहेको छ ।

सुवेदीको पेटमा छुराले प्रहार भएको थियो । मन्थली नगरपालिका–१ मच्छेडाँडीमा रहेको सुवेदीको घरमै आएर अपरिचित व्यक्तिले छुरा प्रहार गरेका हुन् ।

Loading...