नेपाल चिनाउन जापानमा फेष्टिवल

पूर्ण चलाउने-

नेपाली कला संस्कृतिलाई जापानी माझ प्रचार प्रसार गर्ने उद्धेश्यले जापानमा दुई दिने नेपाल फेष्टिवलको आयोजना गरिएको छ ।

नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आगामी शनिबार र अाइतबार टोकियोको सेतागाया कु स्थित कोमाजावा पार्कमा ११ अौ नेपाल फेष्टिवल हुँदैछ ।

बिगतका फेष्टिवलहरुमा पनि बिशेष सहयोग गर्दै अाइरहेको नेपाली दूतावास जापानले यस पटकको फेष्टिवलमा भने आयोजकको भूमिकामै रहेर काम गरिरहेकाले फेष्टिवल बिगतका भन्दा अझ प्रभावकारी हुने बिश्वास गरिएको छ ।

नेपाल र नेपालीको प्रतिष्ठा संग जोडिएको बिषय भएकाले फेष्टिवलमा अनुशासित भएर आफ्नो ठाउँ बाट सहयोग गरिदिन आम जापानबासी नेपालीलाई नेपाली दूतावासले अनुरोध पनि गरेको छ ।

‘नेपालीको अनुशासन बाट पनि जापानीहरुलाई नेपालप्रति आकर्षण गराउन सकिन्छ ,त्यसैले फेष्टिवलको सुन्दरता मध्येको एक अनुशासन पनि हो’नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले भन्नुभयो ।

फेष्टिवलमा प्रदर्शन गरिने नेपाली कला संस्कृति बाट जापानीहरु प्रभावित हुने बिश्वास गर्दै उपनियोग प्रमुख अर्यालले नेपालीहरु सभ्य र संस्कारयुक्त छन भन्ने सन्देश जापानीहरुलाई दिने एक अवसर पनि फेष्टिवल भएको बताउनुभयो ।

दूतावासले जापानमा रहेका सबै देशका राजदूतावासका साथै महत्वपूर्ण जापानी कार्यालयहरुमा पनि फेष्टिवलमा सहभागिताका लागि औपचारिक निमन्त्रणा गरिसकेको पनि उहाले जानकारी गराउनुभयो ।

दूतावास र एनआरएनए जापानका पदाधिकारी बिच मंगलवार पनि नेपाल फेष्टिवल सभ्य र भब्य बनाउने बिषयमा दूतावासमै छलफल भएको थियो ।छलफलमा दूतावासले एनआरएनएका जिम्मेवार पदाधिकारीलाई सभ्य नेपाल फेष्टिवलका लागि ध्यानाकर्षण गराएको थियो ।

फेष्टिवलको सबै तयारी पुरा भईसकेको एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाले जानकारी गराउदै बिगतका फेष्टिवल भन्दा यस पटकको फेष्टिवल जापानी माझ निकै प्रभावकारी रहने बताउनुभयो ।

‘नेपाली कला संस्कृतिको प्रदर्शन र नेपालका पर्यटकिय संभावनाहरुको जापानी माझ प्रचार प्रसार गरी जापानीहरुलाई नेपाल जान प्रेरित गर्नु हाम्रो उद्धेश्य हो’,अध्यक्ष लामाले भने,’नेपाल फेष्टिवल सफल पार्न सहयोग गर्नु सबै जापानबासी नेपालीको कर्तब्य पनि हो।सबै जापानबासी नेपालीलाई सहयोगका लागि हार्दिक अपिल पनि गर्दछु ।’

फेष्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले यस पटकको फेष्टिवलमा जापानीहरुको उल्लेख्य सहभागिता रहने बताउदै बिगतका कमिकमजोरीलाई सुधार्दै फेष्टिवल सभ्य बनाउनेमा जोडदिनुभयो ।

नेपाल फेष्टिवलमा बिभिन्न झाकीहरु,बिभिन्न भेष भुषामा नृत्य, नेपाल अाइडलका बिजेताहरुको प्रस्तुति ,नेपाली खाना लगायतका नेपाली कला संस्कृतिको प्रदर्शन गरिने छ ।

नेपाली नेपाली बिचको भेटघाट र सदभावका हिसाबले पनि नेपालीहरुका लागि फेस्टिवलको बिशेष महत्व ठानिएको छ ।नेपाल फेष्टिवलको शनिबार १२ बजे औपचारिक उद्घाटन हुँदैछ ।

Loading...