प्रकाण्डलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं ।

सर्वोच्च अदालतले काभ्रे प्रहरीको थुनामा रहेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

विश्वकर्माको रिहाईको माग गर्दै वीरेन्द्र विश्वकर्माले दायर गरेको रिटमाथि सोमबार सुनुवाई गर्दै न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलासले २४ घण्टाभित्र प्रकाण्डलाई अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको हो ।

संगठित अपराधको अभियोगमा काभ्रे प्रहरीले जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर विश्वकर्मामाथि अनुसन्धान गरिरहेको छ ।

यसअघि ७ करोड बराबरको चन्दा असुली अभियोगमा विश्वकर्मा साउन २२ गते चाल्नाखेलबाट पक्राउ परेका थिए । तर उनीमाथि लागेका आरोप पुष्टि हुने आधार नदेखिएको भन्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।

रिहा भएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंले अदालत परिसरबाटै प्रकाण्डलाई पक्राउ गरी काभ्रे प्रहरीलाई जिम्मा लगाएको थियो ।

२०७५ भदौ ५ मा प्रकाशित ।

Loading...