मोदी नेपाल आउनै लाग्दा भारतीय सेनाका हाकिम त्रिभुवन विमानस्थलबाट गोलीसहित पक्राउ

काठमाडौं । 

भारतीय सेना पटकपटक हतियारसहित नेपाल आउने कुरा नयाँ होइन । कहिलै सीमा क्षेत्रबाट कहिलै विमानस्थलबाट भारतीय सेनाका अधिकारीहरु हतियारसहित नेपाल आइरहेका छन् ।

बेला बेलामा उनीहरुलाई प्रहरीले पक्राउ पनि गर्दै आएको छ तर कुनै कारवाही नहुँदा उनीहरु विभिन्न प्रयोजनको लागि हतियारसहित नेपाल भित्रिदै आएका छन् ।

फेरि भारतीय सेनाका एक उच्च अधिकारी हतियारसहित नेपाल आएका छन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भारतीय सेनाका कर्नेल बलबहादुर पुन गोलीसहित पक्राउ गरेको हो । उनको स्थायी घर चितवन हो । हाल काठमाडौं बस्दै आएका पुनलाई विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

हाल उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ । थप अनुसन्धान जारी रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल अाउनु दुई हप्ता पहिलेनै भारतीय सेनाका कर्णेल हतियारसहित पक्राउ परेका हुन् ।

२०७५ भदौ ४ मा प्रकाशित ।

Loading...