मेसीले २ गोल गरेपछि बार्सिलोनाले गर्यो ला लिगामा विजयी सुरुवात

काठमाडाै‌ । लियोनल मेस्सीले दोहोरो गोल गरेपछि बार्सिलोनाले यस सिजनको लालिगामा विजयी सुरुवात गरेको छ। शनिवार राति अल्भासलाई ३–० गोलअन्तरले पराजित गर्दै साविकको विजेता बार्सिलोनाले आफ्नो लय कायम गरेको हो।

बार्सिलोनाको छ हजारौं लालिगा गोलमा मेस्सीले माथिल्लो पोस्टको ठिक तलबाट शशक्त फ्रिकिक प्रहार गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए।

खेलको आधा समय वित्दा परिवर्तित खेलाडीका रुपमा मैदान छिरेका फिलिप्पे काउटिन्होले बार्सिलोनाको अग्रता दोब्बर पारे भने लुइस सुआरेजको पासलाई छातीमा नियन्त्रण गर्दै दुई डिफेन्डरलाई छलाउँदै मेस्सीले इञ्जुरी समयमा दोस्रो गोल गरेका थिए।

आन्द्रे इनिस्टा जापान गएपछि यस सिजनमा बार्सिलोनाको कप्तानी गरिरहेका मेस्सीको प्रहार दुई पटक पोस्टमा लागेर बाहिरिएको थियो।

Loading...