प्रदेश २ मा मधेशी मन्त्री र सांसदद्वारा प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश २ मा झट्का लागेको छ । उनले प्रदेश सभाको बैठकमा सम्बोधन सुरु गर्नुअगावै प्रदेश–२ सरकारमा आवद्ध केही मन्त्री र सांसदहरुले विरोध गरेका छन् ।

प्रदेश सभाको बैठक सुरु हुनासाथ एकजना मन्त्रीले ओलीको विरोधमा बोल्न खोजेका थिए । तर सभामुखले बोल्न दिएनन् । त्यसपछि अर्को सांसदले बोल्न खोजे, उनले पनि बोल्न पाएनन् । त्यसपछि उनीहरु हामी बहिस्कार गर्छौँ भन्दै उनीहरु बैठकबाट बाहिरिए ।

केहीले बहिस्कारको घोषणा गरेपनि प्रदेश सभाको बैठक जारी छ, जहाँ प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् ।

२०७५ साउन २ भदौ ।

Loading...