अब चार घन्टामै पृथ्वीको यात्रा पूरा गर्न सकिने

काठमाडाैं । पृथ्वीको यात्रा केवल ४ घण्टामा । यो सुन्दा तपाईहरुलाई विश्वास नै नलाग्न सक्छ । तर, आउँदो केही वर्षभित्रमा पृथ्वीको एउटा कुनाबाट अर्को जुनसुकै कुनामा जम्मा ४ घण्टाभित्रमा हवाइजहाजमा पुग्न सकिने बताइएको छ ।

विश्वास नै नलाग्ने यो कुरा निकट भविष्यमै यथार्थ बन्नेछ । किनकि भविष्यमा ध्वनीभन्दा पनि ५ गुणा तिव्र गतिमा चल्ने विमान सञ्चालनमा आउनेछ । बेलायतको एक एयरोस्पेन कम्पनीले यसप्रकारको विमान निर्माणमा काम गरिरहेको छ । सुरुवाती चरणमा कम्पनीले ३ सय यात्रु क्षमताको एक जहाज बनाउँदैछ । विमानको नाम स्काइलन दिइएको छ ।

कम्पनीले २ वर्षअघि नै यो विमानको मूल्य सार्वजनिक गरेको थियो । २ सय ७६ फिट लामो यो विमानको मूल्य १ अर्ब १० करोड डलर पर्ने कम्पनीले जनाएको थियो ।
सन् २०१९ मा यो विमानको परीक्षण उडान गर्ने योजना कम्पनी छ ।

नयाँ सेबर इन्जिन प्रणालीमा यो विमानले काम गर्नेछ । इन्जिनको क्षमता अति उच्च रहने बताइएको छ । जसले विमानलाई अति उच्च वेगमा अघि बढाउनेछ ।

हेर्नुहाेस भिडियाे

सर्वोच्च र मानवअधिकारलार्इ चुनौती दिँदै प्रकाण्डलार्इ पक्राउ

सर्वोच्च अदालतभित्र मानवअधिकार अायाेगका पधादिकारी र प्रहरीबीच प्रकाण्डलार्इ रिहार्इ गर्न र प्रकाउ गर्न जुहारी

Posted by Naya Patrika on Friday, 17 August 2018

Loading...