प्रकाण्डलाई पुनः गिरफ्तार गर्न ४ घण्टादेखि सर्वोच्चबाहिर प्रहरीको धर्ना, आयोगको टोली सर्वोच्च पुग्‍यो

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई पुनः गिरफ्तार गर्न प्रहरीले ४ घण्टादेखि सर्वोच्चबाहिर धर्ना दिएको छ ।

सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ गर्ने योजनाका साथ प्रहरी भने अपरान्ह ४ बजेदेखि यो समाचार तयार पार्दासम्म अदालतबाहिर बाक्लो सङ्ख्यामा खटिएको छ। प्रहरीले यस्तो तयारी गरेको सुचाना थाहा पाएपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) भित्रै बसेका छन् ।

सर्वोच्चको गेटमा करिब सयबढी र आसपासका क्षेत्रमा समेत ठूलो संख्यामा प्रहरीले परिचालित छन् ।  सर्वोच्च पेरिसमा ७ भ्यान प्रहरी तैनाथ छन् । अहिले प्रवक्ता प्रकाण्ड मुख्य रजिष्टारको कार्यकक्षमा छन् ।

यसैबीच प्रवक्ता प्रकाण्डसँगै गिरफ्तार परेको हरिचन्द्र आचार्य र मनबहादुर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्चको आदेशमा उनीहरु रिहा भएका हुन् । अाचार्य र श्रेष्ठ हिडेर बबरमहलबाट अाफ्नो गन्तव्यतिर लागेका छन् ।

यसैबीच भर्खरै राष्ट्रिय मानव अधिकार आयोगमा सदस्य सुदिप पाठक सर्वोच्च अदालत पुगेका छन् । त्यस्तै नेपाल बार एशोशियनका अध्यक्ष शेरबहादुर केसी पनि अदालतमै छन् ।

प्रवक्ता प्रकाण्डलाई सुरक्षित तरीकाले आयोगको कार्यालय लिने प्रयास भइरहेको बताइएको छ । तर, जसरी पनि गिरफ्तार गरेरै छोड्ने तयारीका साथ प्रहरीले परिसरभित्रै गाडी लिएको छ ।

प्रकाण्डका छोरा नरेन्द्रबहादुर बिकले तीनै जनालाई गैर कानुनी रुपमा गिरफ्तार गरेको भन्दै रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । प्रहरीले लगाएको चन्दा अभियोग पुष्टी नभएपछि सर्वोच्चले रिहाईको अादेश गरेको थियो ।

Loading...