प्रकाण्डसँगै गिरफ्तार परेका आचार्य र श्रेष्ठ रिहा

काठमाडौँ । 

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डसँगै गिरफ्तार परेको हरिचन्द्र आचार्य र मनबहादुर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्चको आदेशमा उनीहरु रिहा भएका हुन् । अाचार्य र श्रेष्ठ हिडेर बबरमहलबाट अाफ्नो गन्तव्यतिर लागेका छन् ।

सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई पनि रिहाईको आदेश दिएको थियो तर, प्रहरीले पुनः गिरफ्तारीको तयारी गरेको छ । सर्वोच्चको गेटमा करिब ४०–५० जना र आसपासका क्षेत्रमा ठूलो संख्यामा प्रहरीले परिचालित छन् ।

अहिले प्रवक्ता प्रकाण्ड मुख्य रजिष्टारको कार्यकक्षमा छन् । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ गर्ने प्रहरीले तयारी गरेको सुचाना थाहा पाएपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) भित्रै बसेका छन् ।

Loading...