२३ जना सवार बस दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं ।

इक्वेडरमा एउटा बस दुर्घटना हुँदा १२ जना कोलम्बियाली नागरिकको ज्यान गएको छ ।

इक्वेडरमा भएको यस दुर्घटनामा परी आफ्ना १२ जना नागरिकको ज्यान गएको कोलम्बिया सरकारले बुधबार जानकारी दिएको छ । त्यस दुर्घटनामा परी कूल १९ व्यक्तिको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा १२ जना कोलम्बियाली, चार भेनेजुएली र तीन जना इक्वेडरका नागरिक छन् । यस दुर्घटनाग्रस्त बसमा २३ व्यक्ति सवार रहेका इक्वेडरको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो बसलाई पर्यटकहरु बोक्ने अनुमति नरहेको कोलम्बियाको यातायात मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । उक्त बसमा रहेका दुई जना सवारी चालकमध्ये एक जनालाई पक्राउ गरिएको छ ।

इक्वेडरमा ट्राफिक दुर्घटनाका कारण धेरै मानिसहरुको मृत्यु हुने गरेको जनाइएको छ । प्रत्येक दिन सडक दुर्घटनामा परी यहाँ कम्तीमा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८० जना घाइते हुने गरेका छन् । 

Loading...