बानेश्वरमा होस्टलको छतबाट खसेर एक विद्यार्थीको मृत्यु

काठमाडौं ।

बानेश्वरमा एक होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ।

प्रयाग मार्गस्थित ओम शान्ति होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णकी ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो।

होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल, मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। थप अनुसन्धान जारी रहेको बताइएको छ। 

२०७५ साउन ३० मा प्रकाशित ।

Loading...