बल्खुमा वम विष्फोट, भक्तपुरको वम सेनाद्वारा डिस्पोज

काठमाडौं, २९ साउन । राजधानीकाे बल्खुमा एकाविहानै वम विष्फाेट भएकाे छ । बम विष्फाेट भएपछि त्यस क्षेत्रमा ठूलाे सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

बल्खुचोकमा भएकाे वम विष्फोटबाट कुनै क्षति भने भएकाे छैन । वम विष्फाेट भएपछि बल्खु कलंकी सडक अबरुद्ध हुनुका साथै सर्वसाधारणलार्इ पनि हिडडुल गर्न दिइएकाे छैन ।

त्यसैगरी अाजै काठमाडौंको नयाँपाटीमा बम भेटिएको छ। नयाँ पाटीकाे सडकमा राखिएको प्रेसर कुकर बमलाई निस्किृय बनाउन अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको बताइएको छ। बम राखिएको स्थानलाई नेपाल प्रहरी तथा नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ। बम कसले राख्यो भन्ने सम्बन्धमा केही जानकारी नभएको प्रहरीले जनाएको छ। बिहानै सडकमा बम भेटिएपछि स्थानीयहरु भने त्रसित बनेका छन्।

त्यस्तै अाजै उता भक्तपुरमा पनि वम भेटिएकाे छ । सडकमा वम जस्ताे शंकास्पद बस्तु देखिएपछि लगत्तै स्थानीयले प्रहरीलार्इ खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलार्इ खबर गरेपछि टाेलीले उक्त वम निस्क्रिय बनाएकाे छ ।

भक्तपुरको लोकन्थलीमा भेटिएको बम नेपाली सेनाकाे वम डिस्पाेजल टाेलीले निस्क्रिय पारेको हाे । सेनाको टोलीले करिव ४५ मिनेटमा बम निस्क्रिय पारेको थियो । बमको आशंकामा उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार बिहान लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पबाट भित्र छिर्ने सर्भिस ट्र्याकमा रातो प्लाष्टिकको झोलाभित्र प्रेसरकुकर देखिएपछि नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा कडा पारेका छन् ।

उक्त सर्भिस ट्र्याक हुँदै आवतजावत गर्ने सवारी साधन र बटुवालाई समेत हिँडडुलमा रोक लगाइएको थियो । अहिले बम निस्क्रिय पारेपछि सडक सञ्चालनमा आएको छ। मंगलबार सरकारले आफ्नो नेता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, विप्लव समूहले नेपाल बन्दको आयोजना गरेको छ।

अाज अाफ्ना नेताकाे रिहाइकाे माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दकाे अाह्वान गरेकाे छ । केही दिन अघि नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलार्इ प्रहरीले चाल्नाखलबाट गिरफ्तार गरेेकाे थियाे । नेता विश्वकर्मालार्इ हाल जिल्ला प्रहरी कार्यालय काठमाडाैंकाे टेकुस्थित हिरासतमा राखिएकाे छ ।

Loading...