वल्र्डलिंकले ल्यायो खर्च कम भो जम्बो अफर

ललितपुर । वल्र्डलिंकले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । नयाँ नयाँ अफरहरु प्रदान गर्ने निरन्तरता कायम राख्दै वल्र्डलिंकले यसपटक ‘अफर जम्बो खर्च कम भो’ नामक अफरको सुरुवात गरेको छ । यस अफर अनुसार ग्राहकले सस्ताे दरमा धेरै उच्च गतिकाे इन्टर नेट सेवा र केही छुट पनि प्राप्त गर्नेछन । 

यो नयाँ अफर अन्र्तगत ग्राहकहरुले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथ साथै निशुल्क सेटअपबक्स पनि प्राप्त गर्न सक्नेछन् । यस अफर अन्र्तगत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ८४००, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ९६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि रु. १२१५० अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने बताइएको छ ।

वल्र्डलिंकले यो अफर भदौ मसान्तसम्मको लागि मात्र लागू हुने जनाएको छ ।

Loading...