सगरमाथा सिमेन्ट बिक्री वितरणमा रोक, सिमेन्ट गुणस्तरहीन पत्ता लाग्यो

दाङ, २५ साउन । सरकारले सगरमाथा सिमेन्टकाे बिक्री वितरणमा राेक लगाएकाे छ । घोराही सिमेन्टबाट उत्पादित सगरमाथा सिमेन्ट गुणस्तरहीन भएको थाहा भएपछि सरकारले यस्ताे निर्णय गरेकाे हाे । अब याे सिमेन्टकाे थप परीक्षण गरिने बताइएकाे छ । थप परिक्षण भएर अर्काे निर्णय नलिँदासम्मका लागि यसकाे बिक्री वितरणमा राेक लगाइएकाे हाे ।

सगरमाथा सिमेन्ट बर्दियामा गुणस्तरहिन भएको पाईएपछि गुणस्तर तथा नाप तौल विभागको टोली दाङमा आएर परीक्षणका लागि नमुना संकलन गरेर काठमाण्डौं पुर्याएको छ। अबको डेढ महिना भित्र गुणस्तर भए नभएको बारेमा रिपोर्ट आउने विभागका निर्देशक मनोज उपाध्यायले बताएका छन ।

निर्देशक उपाध्यायले घोराही सिमेन्टमा गुणस्तरहीन देखिएपछि गुणस्तर नाप्‍नका लागि विभागको टोली दाङ आएको र सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको ओपीसी र पीपीसि सिमेन्ट नमुना संकलन गरेर परीक्षणका लागि लगेका कारण प्रतिवेदन नआउदासम्म उद्योगलाई विक्री, वितरण नगर्न र उक्त सिमेन्ट प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह गरेका छन्।

घोराही सिमेन्ट उद्योगले दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ। थप एक हजार टन सिमेन्ट उत्पादनका लागि उद्योगले अनुमति पाएको दावी गरे पनि स्थानियवासिको विरोध र न्यायिक समितिमा मुद्दा परेपछि उद्योगले पाएको अनुमतिको विषय विवादमा परेको छ।

विभागका निर्देशक मनोजकुमार उपाध्याय र मेकानिकल इन्जिनियर उमेशकुमार यादव दाङमा आई उक्त सिमेन्टको नमुना लगेका हुन। टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते तुलसीपुर बिक्रि भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परीक्षणका लागि काठमाडौ लगेको हो ।

टोलिले अहिले सोनापुर सिमेन्ट उद्योगवाट ल्याएको क्लिङ्करवाट ल्याएर उत्पादन गरेको सिमेन्ट ओपिसि र पीपीसिको नमुना पनि पनि विभागले लगेको छ । घोराही सिमेन्टले उत्पादन गरेको ओपिसि सिमेन्टमा म्याग्नेसियम बढि भएकाले मापदण्डअनुसार सिमेन्ट उत्पादन गर्न घोराही सिमेन्टले पछिल्लोपटक आफ्नो हजारौ मेट्रिकटन क्लिङ्कर मौजाद रहेपनि केही हजार मेट्रिक टन क्लिङ्कर सोनापुर सिमेन्टवाट लिएको थियो।

ओपिस र पीपीस सिमेन्टको गुणस्तर मापनका लागि जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा विभागको टोली दाङ आएको हो। बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा कमसल भएको उजुरी र त्यसपछिको परिक्षणबाट ओपीसीमा म्याग्नेसिया तत्व बढी देखिएपछि त्यहाँको प्रशासनले दाङ प्रशासनलाई सिमेन्ट उत्पादन र विक्रीलाई पत्र काटेको थियो।

Loading...