इथोपियाको राजधानी एडिस अबाबामा विश्व शान्ति सम्मेलन

काठमाडौं । अफ्रिकी मुलुक इथाेपियामा विश्व शान्ति सम्मेलन हुने भएकाे छ । लामाे समयसम्म गरिबी र द्वन्द्वकाे मारमा गुज्रेदै अाएकाे देश इथाेपियाकाे राजधानी सहर अडिस अबाबामा याे सम्मेलन हुने भएकाे हाे । दुई महिनाअघि मात्र इथियोपियामा भएको वम आक्रमणमा परी धेरैकाे हताहती भएको थियो ।

विश्वशान्तिका लागि काम गर्दै अाएकाे दक्षिण काेरियामा मुख्यालय रहेकाे अन्तराष्ट्रिय गैरसरकारी संस्था HWPL (Heavenly Culture, World Peace, Restoration of Light) ले याे सम्मेलनकाे संयाेजन गरेकाे छ । HWPL ले विभिन्न द्वन्द्वग्रस्त देशहरुमा शान्ति, सुरक्षा र दीगो विकासका लागि संयुक्त राष्ट्रसंघसँगकाे सहकार्यमा काम गर्दै आएको छ । अगष्ट १५ र १६ मा हुने दुई दिने सम्मेलनमा अफ्रिका र मध्य पूर्वका विभिन्न देशबाट राजनीतिक, धार्मिक, महिला, युवा नेताहरु र मिडियाकर्मीहरुकाे सहभागिता बताइएकाे छ । सम्मेलन अफ्रिकी क्षेत्रीय दिगाे शान्तिका विषयमा पनि छलफल हुने बताइएकाे छ ।

त्यसैगरी अगष्ट १३ र १४ मा दक्षिण अफ्रिकाको केप टाउनमा शान्ति सम्मेलन हुने भएको छ । उक्त शान्ति सम्मेलनमा सबै अफ्रिकी राष्ट्रका नेताहरु, नागरिक समाजका अगुवा, युवा, महिला, सञ्चारकर्मी, शिक्षाविद र धार्मिक नेताहरुकाे सहभागी हुने बताइएकाे छ । भ्रष्टाचारविरुद्धको लडाइमा विजयी बनौं, अफ्रिकालाई दीगो समृद्धिमा लैजाऔं भन्ने मूल मर्मसहित आयोजना हुने शान्ति सम्मेलनमा अफ्रिकाकाे दिगाे शान्तिका लागि छलफल हुनेछ । साथै द्वन्द्व न्यूनिकरण र दिगाे शान्ति स्थापनामा नागरिक समाज, युवा र महिलाकाे भूमिकाका विषयमा पनि छलफल गरिने बताइएकाे छ ।

Loading...