अपहरणमा परेका बालक निशानको हत्या, अपहरणकारीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु

काठमाडौँ, २१ साउन । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । भक्तपुरकाे ठिमीमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा खड्का मृत फेला परेका हुन्।

अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले पुष्टि गरेको छ । यसैबीच, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग दुई अपहरणकारीको मुठभेड हुँदा दुवैको मृत्यु भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो । उनीहरुले आइतबार नै बालककाे हत्या गरेर शव गाडेको प्रहरीले जनाएको छ। फिरौतीमा कुरा नमिलेपछि उनीहरुले हत्या गरेका हुन्।

अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति हुन्। उनी आइतबार दिउँसोदेखि नै बालकको आमाले चलाउने पसलमा गएर निशानसँग खेलेर बसेका थिए। साँझ उनले नै अपहरण गरी लगेका हुन्।

घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ । बाललको अपहरण भएलगत्तै उपत्यकामा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो ।

यसरी मारिए अपहरणकारी यस्ताे थियाे भिडन्तस्थल

बालक निशान अाइतबार अपरान्ह हराएका थिए । त्याे दिन उनी लामो समयसम्म सम्पर्कमा आएनन् । उनका बुबा अहिले वैदेशिक रोजगारीमा छन् । आमा चमेली खड्काको मोबाइलमा अपरिचितले राति पाैने ९ बजे बच्चा अपहरणमा परेको र ४० लाख फिरौति माग गरेपछि घटना बाहिरियो ।

बच्चा अपहरणमा परेपछि प्रहरीको टोली शंकास्पद क्षेत्रमा खोजी कार्यमा लाग्यो । खोजी कायैमा जुटेको प्रहरीको टोलीले श्याम लवटको निर्माणाधीन घरमा साढे १२ बजे अपहरित बालकको शव भेटियो । शव सानो खाल्डोमा पुरेको अवस्थामा भेटिएको हो । बालकको हत्या गरेर भागेका दुई अपहरणकारीलाई प्रहरीले व्यापक खोजी गर्यो ।

अपहरणकारी भागेर पाइलट डाँडातर्फ भागेको प्रहरीले सूचना पायो । सोहीक्रममा अपहरणकारीले सूर्य विनायक नगरपालिका वडा नम्बर ८ मा रहेमा सूर्य विनायक सामुदायिक जंगलमा प्रहरीमाथि गोली चलाएको थियो । त्यसपछि प्रहरी जवाफी फायर गर्यो ।

मृतक अपहरणकारी अजय तामाङमाथि प्रहरीले आठ राउण्ड चलायो भने गोपाल तामाङमाथि चार राउण्ड गोली चलायो । जसमा दुवै अपहरणकारी मारिए । अपहरणकारी गोपाल नुवाकोटका हुन् भने अजय सिन्धुपाल्चोकका हुन् ।

गोपाल चमेलीको होटेलका नियमित ग्राहक रहेको खुलेको छ । अन्त्यमा वर्षौंदेखि खाना र खाजा खुवाएकी चमेलीले तामाङबाट छोरा गुमाइन् ।

Loading...