एेतिहासिक टोखा नगरलाई पर्येतनमैत्री नगरीको रुपमा विकास गरिने

साउन २०, काठमाडौँ / काठमाडौँ उपत्येकाको उत्तरी भेग तथा एेतिहासिक सास्कृतिक नगरी टोखा नगरपालिकालाइ मौलिकता प्रदान गर्दै जिवन्तता तुल्याउदै त्यसको सम्वर्धन गरि पर्येतनमैत्री नगरीको रुपमा विकास गरिने भएको छ । टोखा सस्कृति सम्पदा संरक्षण दबु को अगुवाइमा टोखा नगरपालिका संग सहकार्य गरि चार बर्षिय कार्ययोजना बनाई धार्मिक तथा ऐतिहासिकस्थललाइ पर्यकीय स्थलको रुपमा विकास गर्ने लागेको आईतबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा आगामी श्रावण २७ गते उक्त चार बर्षे कार्ययोजना सार्वजनिक गर्ने समेत जानकारी दिएको छ । युगपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई काठमाडौको शान्तिबाटिकादेखि सोहि दिन बिशेष झाँकी सहिको र्याली सहित गरि राष्ट्रिय सभागृहमा बिशेष अभिनन्दन गरिने दबुले जनाएको छ । टोखामा नगर भित्र रहेका सम्पदा सम्रक्षन गर्दै जीवन्त पर्यटनको बिकास गरि आयआर्जन तर्फ उन्मुख गराउने र निरन्तर कला संस्कृतिको जगेर्नाका लागी समेत आवश्यक योजना तय गरिने टोखा सस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मणिराज डंगोलले बताउनु भयो । टोखा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरिने जानकारी दिंदै डंगालले टोखाको मौलिक संस्कृति सम्पदा संरक्षण तथा पर्यटन बिकासका लागी निरन्तर रुपमा अन्तक्र्रियात्मक छलफल कार्यक्रमको सहित अगाडी बढ्ने योजना तय भएको बताउनुभयो ।
कार्येक्रममा टोखानगर पालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिकाको चार बर्षे कार्यपत्र पढ्दै उक्त कार्यपत्र अनुशार मुलुकको आर्थिक उन्नती र सृजनशीलताको निमित्त स्थानीय स्रोत साधनको पहिचान गर्ने ,भष्ट्राचार न्यूनिकरण , जलविद्युत उत्पादन तीव्रता, उद्योग धन्दामा व्यापक प्रवर्द्धन गर्दै रोजगारीको व्यापक सृजना गर्दै सम्मुन्त मुलुक निर्माणमा तत्काल गर्नसकिने काम वर्तमान सरकार र स्थानीय सरकार‌ले गर्ने नीति र योजनालाई ध्यानमा राख्दै एेतिहासिक शहर टोखा नगरलाई प्राचीन नेवाः बस्तीको रुपय् प्रस्तुत गरिने बताउनु भयो ।

Loading...