टोकियोमा पर्यटन प्रवर्धन कार्यक्रमको तयारी

नेपालको पर्यटन विकासका लागि जापानमा एकदिवसीय पर्यटन प्रवर्धन कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम यसै साताको अाइतबार दिउसो १ बजे देखि टोकियोको इचिगाया स्थित जाईकाको सेमिनार हलमा हुनेछ ।

उक्त कार्यक्रम सुदुरपश्चिमेली नेपाली समाज जापान ,नेपाल जापान पर्यटन अध्ययन केन्द्रको संयुक्त्त आयोजना र राप्ती समाज जापान ,पर्वत समाज जापान र यूथ फर अल जापानको सह-आयोजनामा हुन लागेको हो ।

कार्यक्रममा जापानका सबै सामाजिक संघ संस्थाका जिम्मेवार ब्यक्तिहरुका साथै बिभिन्न क्षेत्रका बिज्ञ तथा अनुभवीहरुका पर्यटन प्रवर्धन सम्बन्धि सुझावहरुको पनि संकलन गरिने कार्यक्रमका संयोजक बिष्णु खनालले जानकारी गराए ।

कार्यक्रममा संकलित अनुभवी तथा बिज्ञहरुका सुझावहरु संकलन गरी नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयलाई पनि बुझाउने पनि खनालले बताए ।

कार्यक्रममा पर्यटन सम्बन्धि अध्ययन अनुसन्धान गरिरहेका नेपाली बिज्ञ तथा अनुभवीहरुका कार्यपत्र पनि प्रस्तुत गरिने आयोजक संस्था मध्येका एक सुदुरपश्चिमेली समाज जापानका अध्यक्ष एकेन्द्र थापाले जानकारी दिए ।

कार्यक्रममा उल्लेख्य मात्रामा जापानका नेपालीहरुको सहभागिता रहने कार्यक्रमका प्रचार-प्रसार संयोजक आषिश रावलले बताए ।

कार्यक्रममा सहभागिताका लागि पनि आयोजक संस्थाले जापानका सबै नेपालीहरुलाई हार्दिक अपिल गरेका छन ।

Loading...