परीक्षा बोर्डले आज १२ कक्षाको नतिजा निकाल्दै

काठमाडौं, १७ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिाजा सार्वजनिक गर्ने भएको छ ।

बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डले बुधबार नतिजा सार्वजनिक गरिने बताएको थियो । तर प्राविधिक समस्याका कारण हिजो नतिजा सार्वजनिक गर्न नसकेको वोर्डले आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।

गएको वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन्। यसपटक नियमित परीक्षार्थीको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गरिने वोर्डले जनाएको छ।

Loading...