कम्युनिस्टका नाममा सरकार जनदमनमा उत्रेको भन्दै विप्लवले दिए यस्तो चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले  कम्युनिस्टका नाममा केपी अाेली-प्रचण्डले देशमा जनयुद्धकालीन समयमा लगाइएकाे सङ्कटकालमा जस्तै नागरिकमाथि झुट्टा मुद्दा लगाउने, धरपकड गर्ने, गिरफ्तार गर्ने, वेपत्ता पार्ने गरेकाे भन्दै कडा अापत्ती जनाएका छन् । एकपछि अर्काे गर्दै अाफैले बनाएकाे संविधान कुल्चेर अघि बढिरहेकाे र राजनीतिक प्रतिशाेध साध्न राज्यका संयन्त्र दुरुपयाेग गरिरहेकाे पनि महासचिव विप्लवले दावी गरेका छन् । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लवले अहिलेको सरकारले नेता कार्यकर्तालाई निरन्तर धरपकड गर्ने, वेपत्ता पार्ने, झुट्टा मुद्दा लगाउने, घरघरमा पुर्जी टाँस्ने गरेर जनताकाे राजनीतिक अधिकारमाथि दमन गर्न लागेकाे बताएका छन् । साउन १० गते नेकपाका पोलिटब्युरो सदस्यहरु कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’लाई नागढुङ्गाबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरी तीन दिन वेपत्ता पारेको, उनीहरुलाई जनयुद्धकालमा चरम यातना दिन प्रयोग गरिएका यातनागृहमा राखी मानसिक तथा शारीरिक यातना समेत दिएको भन्दै उनले घोर आपत्ति जनाए । 

‘साङ्गठनिक कामको सिलसिलामा बस चढी काठमाडौँ आइरहेको अवस्थामा मुखमा मास्क लगाएका १५–१६ जना सादा पोसाकको सुरक्षा फौजले बसबाट बल प्रयोग गरी झारेर आँखामा पट्टी र नकाब लगाई काठमाडौँमा रहेका विभिन्न प्रहरी कार्यालय, जनयुद्धकालमा चरम यातना दिन प्रयोग गरिएका यातनागृहमा राखी उहाँहरूलाई चर्को मानसिक तथा शारीरिक यातना दिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ । उनले विज्ञप्तिमा भनेका छन्- ‘ देश र जनताको मुक्तिका लागि पूर्णकालीन राजनीतिक अभियानमा लागेका पार्टीका जिम्मेवार नेताहरूमाथि केपी सरकारले गरेको यस्तो रबैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’

साथै नेकपाका अर्का २ पोलिट्ब्युरो सदस्यहरु पदम राई र ओम पुनसहित दर्जनौं नेता कार्यकर्तालाई झुटा मुद्दा लगाएर जेलमा राखिएप्रति समेत महासचिव विप्लवले आपत्ति जनाएका छन् ।

विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा सेललाई आफैले परिचालन गर्ने गरी तयार पारेको केन्द्रीय जाँच व्युरोमार्फत राजनीतिक प्रतिशोध साध्ने र सरकारको विरोध गर्नेलाई ठीक पार्ने कोशिस गरिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले सरकारले संविधान विपरीत र विगतको सशस्त्र द्वन्द्वमा जस्तै आफ्ना नेता कार्यकर्तालाई दुख दिन थालेको पनि जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘नेपालको संविधानविपरीत र हिजो सङ्कटकालमा माओवादीका नेता÷कार्यकर्तालाई बेपत्ता पार्न, हत्या गर्न र चरम यातना दिन सजिलो होस् भनी खडा गरिएको सुरक्षा सेललाई केपी आफैँले परिचालन गर्ने गरी तयार पारिएको कथित केन्द्रीय जाँच ब्युरोमार्फत राजनीतिक प्रतिशोध साध्न र केपी सरकारको क्रियाकलापको विरोध गर्ने सबैलाई ठीक पार्नका लागि सक्रिय पारिएको छ ।’

हिजोको जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायत काल र पछिल्लो शाहीकाल जनताले अन्त्य गरेको स्मरण गराउदै उनले गणितीय दुईतिहाइ वा संसदीय बहुमतको बलमा लुटको स्वर्ग नमच्चाउन समेत ओली-प्रचण्डलाई चेतावनी दिएका छन् ।

‘केपी ओली र उनको सरकारले हेक्का राख्नु पर्दछ– हिजोको जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायत काल वा पछिल्लो शाहीकालमा भएगरेका यस्ता षड्यन्त्र, दमन, यातनाले उनीहरूको लुटको स्वर्गको बचाउ गर्न सकेन, बरु उनीहरूको लूटको स्वर्ग सदाका लागि समाप्त भएको थियो ।’ विज्ञप्तिमा अगाडि भनिएको छ- कथित गणितीय दुईतिहाइ वासंसदीय बहुमतलाई पनि जनताले सजिलै बढार्न सक्छन् भन्ने तथ्य विगतको इतिहास साक्षीका रूपमा रहेको छ भने केपीको यो ६ महिने सरकारको रबैया र जनताले गर्दै गरेको आन्दोलनका सामु हायलकायल हुँदै गएको परिणामले देखाइराखेको छ ।’

उनले पार्टीका चारैजना पोलिटब्युरो सदस्यसहित झूट्टा मुद्दा खेपिरहेका सबै नेता–कार्यकर्तालाई तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन् । साथै मानवअधिकारवादी, नागरिक समाज र पत्रकारहरूमा ओली सरकारको अमानवीय र मानवअधिकारविरोधी हर्कतको भण्डारफोर गर्न पनि अनुरोध गरेका छन् । पक्राउ परेका आफ्ना पार्टीका नेता-कार्यकर्तालाई बिना सर्त रिहा गर्न माग गर्दै विप्लवले अन्यथा पार्टी सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन्।

नेकपाकापोलिटब्युरो सदस्यद्वय कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई ओली सरकारले सार्वजनिक बसमा यात्रा गरिरहेको अवस्थामा यही साउन १० गते काठमाडौँको नागढुङ्गाबाट गिरफ्तार गरेर तीन दिनसम्म बेपत्ता पारेको थियो । मानवअधिकारवादी र पत्रकारको खोजीपछि मात्र उनीहरुलाई सार्वजनिक गरेको थियो ।

हेर्नुहोस् महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्ति

Loading...