पाइलटका कारण त्रिभुवन विमानस्थलमा ठूलो हंगामा, विमानमा बसिसकेका यात्रुहरु दिनभर रोकिए

काठमाडौं, १४ साउन । फ्लार्इ दुवर्इका एक चालकका कारण अाइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हंगामा मच्चिएकाे छ । जसका कारण बिहानै उड्ने भनेकाे फ्लाइ दुबर्इकाे उडान दिनभर उडेन । त्यसपछि दुबर्इबाट अर्का चालक नेपाल बाेलाउनुपर्याे । त्यसैगरी ती चालकमाथि सामान्य बल नै प्रयाेग गर्नुपर्याे । केही समय उनलार्इ नियन्त्रणमा नै लिनुपर्याे ।

यसरी हंगामा मच्चाउने चालक हुन एम हुसेन । उनी फ्लार्इ दुबर्इका पाइलट हुन । फ्लाइ दुबईको ‘एफजेड–७३७’ कल साइनको विमान उडाउने हुसेनलार्इ नियन्त्रणका कारण अाइतबार त्रिभुवन विमानस्थलबाट दुबर्इ जाने यात्रुले पाउनु दुख पाए । निर्धारित सेड्युल अनुसार आइतबार बिहान ९ बजेर ४० मिनेटमा फ्लार्इ दुबर्इकाे विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्ने तालिका थियो । यात्रुहरु सम्पूर्ण सुरक्षाजाँच प्रक्रिया पार गरेर विमानमा बसालिसकिएकाे थियाे । सबै यात्रुहरु विमानभित्र बसेपछि बल्ल निस्किए साे विमानका पाइलट एम हुसेन । उनी असन्तुलित हुँदै विमानकाे ककपिटतर्फ अघि बढे । उनकाे अवस्था देखेर चालक दलका अन्य सदस्य अात्तिए ।

हुसेन मदिराले लठ्ठ थिए । मुखबाट मदिराकाे ह्वास्स गन्ध अाइरहेकाे थियो । त्यसपछि लगत्तै चालक दलका अन्य सदस्यले हुसेनले विमानस्थलका अधिकारीलार्इ खबर गरे । त्यसपछि उनलाई तत्काल विमानस्थलका प्रहरीले पक्राउ गर्याे ।

तर उनी अाफूलार्इ विमान उडाउन दिन जिक्री गरिरहेका थिए । प्रहरीले उनकाे स्वास्थ्य परिक्षण गर्न लग्याे । परिक्षणमा मदिरा सेवन गरेकाे रिपाेर्ट अाए पनि हुसैन भने आफूले मदिरा सेवन नगरेको दावी गरिररहेकै थिए ।

उता विमानमा चढिसकेका यात्रु भने अात्तिएका थिए । लामाे समय हुँदा पनि विमान नउडेपछि यात्रुहरु अात्तिए । तर, फ्लार्इ दुबर्इसँग अर्का वैकल्पिक पाइलट नै थिएनन । त्यसैले फ्लाई दुबईको उडान दिनभर नै राेकियाे । त्यसपछि फ्लार्इ दुबर्इले दुबर्इबाटै अाफ्ना अर्का चालकलार्इ बाेलायाे । अर्का चालक चार घन्टा लामाे यात्रा तय गरेर साँझपख मात्र नेपाल अाइपुगे । त्यसपछि बल्ल साँझ मात्र साे विमान उड्याे ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले फ्लाई दुबईबाटै आधिकारिक रूपमा आफ्ना विमान चालकको स्वास्थ्य परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको बताए । उनले सो विमानका अन्य कर्मचारीले आफ्ना पाइलट हुसेनले मदिरा खाएकोबारे बेथलाइजर मेसिन प्रयोग गरिदिन भनेकाले विमानस्थल प्रशासनले मापसे परीक्षण गर्दा मदिरा सेवन गरेको पाएपछि विमान उडान रद्द गरिएको बताए ।

विमानस्थल प्रशासनले पाइलटको गतिविधि एकदमै असामान्य पाएपछि आफूहरूले उनलाई नियन्त्रणमा लिएको र फ्लाई दुबईकै अन्य कर्मचारीको जिम्मा लगाएर छाडिएको बताएको छ ।

मातेका पाइलटलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएपछि रोकिएको र उनका अन्य जवरजस्ती प्रकरणबारे देखिएका सबै रिपोर्ट फ्लाई दुबईको केन्द्रीय कार्यालयमा पठाइएको छ । उनले यस्तोे विमानस्थल प्रशासनले दिएको विवरणकै आधारमा फ्लाई दुबईले पाइलटलाई कानुनी कारबाही गर्ने बताए । उता फ्लाई दुबईले उनीमाथि कडा कारबाही गरिने जनाएको छ ।

Loading...