कुरिनटारमा बस दुर्घटनामा परी ७ जनाको मृत्यु, २५ घाइते, त्रिशुली नदीकिनारमा खस्यो बस

चितवन, ११ साउन । पृथ्वीराजमार्गकाे कुरिनटार नजिक यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने २५ जना घाइते भएका छन् । काठमाडाैंबाट पाेखरातर्फ जाँदै गरेकाे बस कुरिनटारकाे चुम्लिङटारमा पुगेपछि एक ट्रकसँग ठक्कर खाएर त्रिशुली नदी किनारमा खसेर दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा ना ६ ख २५०६ नम्बरको बस परेकाे प्रहरीले जनाएकाे छ । काठमाडाैंबाट स्याङ्जा वालिङका लागि छुटेकाे उक्त बससँग मुग्लिनबाट काठमाडाैंतर्फ जाँदै गरेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको थियाे । तीब्र गतिमा रहेकाे ट्रक र बस एकअापसमा ठक्कर खाएर करिव सडकबाट ७० मिटर तल त्रिशुली नदी किनारमा खसेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले उद्धार गर्ने क्रममा दुर्इ महिला र तीन जना पुरुषलार्इ मृत अवस्थामा फेला परेकाे र बाँकी २५ जना घाइतेलार्इ उद्धार गरेकाे जनाएकाे छ । घाइते भएका २५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाइएकाे छ ।

घटनालगत्तै प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । उद्धारमा सम्लग्नभएका एक व्यक्तिले दिएकाे जानकारी अनुसार बस खाेँचमा अड्केका कारण नदीमा पुगेन । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले बसमा ३२ जना यात्रु रहेकाे बुझिएकाे जानकारी दिएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर लगिएकाे छ।

Loading...